काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य १९५ रुपैयाँ, हरियो अंगुर ९५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ तोकिएको छ ।
यसैगरी सेतो आलु १९ रुपैयाँ, रातो र भारतीय रातो आलुको मूल्य २६ रुपैयाँ, तराई काउली २५ रुपैयाँ तथा स्थानीय काउली ४० रुपैयाँ तोकिएको छ ।
यस्तै ठूलो गोलभेंडा ५५ रुपैयाँ, टनेल गोलभेंडा प्रतिकेजी २० रुपैयाँ, सानो गोलभेंडा (तराई) २५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) २५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । यस्तो छ पुरा मूल्य सूची:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया