रामकुमारी झाँक्रीले दिइन् गिरफ्तारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी की नेतृ रामकुमारी झाँक्रीले गिरफतारी दिएकी छिन् ।

उनलाई पक्राउ गर्न उनको निवास पुगेको प्रहरी सामु गिरफ्तारी दिएकी हुन् ।

राज्यविरुद्धको कसुरमा पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी दिएसँगै झाँक्री सोधपुछको लागि प्रहरीमा जान तयार भएकी हुन् ।

शंखमुलस्थित झाँक्री निवासअगाडि अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् भने ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको भन्दै प्रहरीले सोधपुछका लागि बोलाएको थियो । यद्यपी उपस्थित नभएमा पक्राउ गरिने बताएको थियो । आफूलाई पक्राउ पुर्जीको पत्र नआएको झाँक्रीले बताएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?