काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको असंवैधानिक कदमका विरुद्ध प्रश्न गर्नेलाई कारबाही गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेसँगै नेता थापाले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो बताएका हुन् ।
सरकारले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको बताउँदै नेता थापाले त्यसविरुद्ध प्रश्न गर्नेलाई कारबाही ? भन्दै प्रश्न गरेका छन् ।
“कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?” सामाजिक सञ्जालमा लेख्दै नेता थापाले भने ।
त्यस्तै पहिलेको महाराजाले जस्तै अहिलेको राष्ट्रपतिले काम गरेको आरोप लगाउँदै सत्यको पक्षमा बोल्ने मुख सरकारको देखाएको त्रासले बन्द नहुने चेतावनी दिएका छन् ।
“उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया