ललाई फकाई आफ्नै कोठामा लगी २० वर्षीया महिलामाथि जबरजस्ती करणी !

लोकपथ
0
Shares

काठमाडौं । उदयपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-११ बस्ने २२ वर्षीय साईमन राईलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साईमनले ती महिलालाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?