काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुन व्यवसायमा पनि क्यूआर कोडको प्रयोग गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय विद्युतीय भुक्तानीलाई बढवा दिँदै आएको नेपाल राष्ट्र बैंकले क्यूआर कोडको प्रयोगलाई तिब्रता दिएसँगै गभर्नर अधिकारीले सुन व्यवसायमा पनि क्यूआर कोडको प्रयोग गर्न आग्रह गरेका हुन् ।
गभर्नर अधिकारीले सुन व्यवसायीसँग छलफल गर्दै क्यूआर कोर्ड अब सुन बजारमा पनि क्यूआर कोर्डको प्रयोग हुने बताएका हुन् । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यवहारिक भएको भन्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उनले आग्रह गरेका छन् ।
‘सुनचाँदीको ठुलो रकमको कारोबार हुने गरेको भए पनि अझै सम्म परम्परागत प्रविधि अनुसार कारोबार हुने गरेको छ,समय सापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउनुपर्छ ।’ उनले भने । त्यस्तै,गभर्नर अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवर्द्धन गर्न पनि आग्रह गरेका छन् । सुन बजारमा करिब ७० प्रतिशत कामदार भारतीय छन् ।
यस्तो अवस्थामा स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्था गरी रोजगारी प्रवर्द्धन गर्न सकिने बताएका छन् । त्यस्तै, गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्न पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिएका छन् । त्यस्तै,सुनको आपूर्ति विदेशी मुद्राको संञ्चितिसँग सम्वन्धित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बजारको माग अनुरुप त्यसलाई ब्यवस्थापन गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया