चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगपालिका-२६ गल्कोपाखा डेरा गरि बस्ने सुनसरीका ४३ वर्षीय बिर्ख बहादुर भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा झापा धुलावारी घर भएका २१ वर्षीय प्रमोद न्यौपानेलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रमोदले बिर्ख बहादुरलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई चक्कु सहित पक्राउ गरेको हो ।

घाइते बिर्ख बहादुरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?