दोस्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २ देखि ८ गतेसम्म खोप लगाइने

लोकपथ
0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।

No description available.

उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भएपनि एक लाख ८४ हजारले खोप लगाएका छन् । पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?