पहिलो हाफमा आर्मीलाई ५ गोलको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा आर्मीले ५-० को अग्रता बनाएको छ ।

आर्मीका लागि पहिलो हाफमा शर्मिला थापा, सपना लामा, विमला बिक, विमला चौधरी र रश्मी घिसिङले एक एक गोल गरेकी छिन् ।

दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?