काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी भएको छ । प्रहरीका अनुसार झाँक्रीसँग लिखित जवाफ माग गरिएको र झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाकाले जानकारी दिएको छ ।
तर महाशाखामै रहेका नेकपा दाहाल-नेपालका नेता योगेश भट्टराईसहितले रामकुमारीले कुनै अपराध नगरेको भन्दै रिहाइका लागि जिम्मा लिएका छैनन् ।
उनलाई रिहाइका लागि प्रहरीले जिम्मा लिने मान्छे खोजिरहेको बुझिएको छ ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहीवार (आज) दिउँसो पक्राउ परेकी थिइन् । राष्ट्रपतिविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरेको थियो ।
नेतृ झाँक्रीलाई पक्राउ गर्नु गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले प्रक्राउ गर्नु गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा केस दर्ता भएको छ ।
प्रहरीले झाँक्रीलाई अभिव्यक्ति स्वतन्त्रता विपरित पक्राउ गरेको भन्दै रिट दायर भएको हो । राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया