काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेका छन् ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहीवार (आज) दिउँसो पक्राउ परेकी हुन् । राष्ट्रपतिविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
रामकुमारी झाँक्रीको त्यो भाषण जसले उनलाई हिरासतमा पुर्यायो :
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहीवार (आज) दिउँसो पक्राउ परिन् । राष्ट्रपतिविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरेको हो ।
गिरफ्तारी दिँदै नेतृ झाँक्रीले आफूहरुले लडेर गणतन्त्र ल्याएको र जसबाटै बोल्ने अधिकार सुनिस्चित भएको बताउँदै बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताउँदै आएकी छिन् । साथै उनले आफ्ना समर्थकहरुलाई धैर्यधारण गर्न आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्- “राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।”
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ । विज्ञप्तिमा पक्राउको निन्दा गर्र्दै उनलाई तत्काल निःशर्त रिहा गर्न माग गरेको छ ।
गत माघ १७ गते गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा आयोजित विरोध सभामा झाँक्रीले गरेको सम्वोधन
बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदनको दिन । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु । निर्वाचनको तयारीका लागि कार्गेड छाडेर, सुख सुविधा ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं ।
तपाइँका लागि म पनि भारी हुन सक्छु । त्यसकारण बडा महारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धे दृष्टी लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टी फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन ।
त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् । तमामा दिदी बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडी सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत साँस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीर हरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सहि हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो ।
धरानमा मेयरचाहीँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टीमेन्टको, इमोशनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ ।
कपाल देखाएर, नाक देखाएर छाला देखाएर लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ । दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाउँ भनेर सचिवालयका सबै नेताहरुको घरमा देउसी खेल्न गएको हामी । उहाँहरुले कानमा तेल हाल्नुभो ।
त्यतिन्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुरदर्शी थियौं भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्याइ तेहेर्याइ किन राख्ने ?
के हुन्छ कारवाही ?
रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको छ ।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् । मुलुकी अपराध संहिताको दफा ५८ ले राष्ट्रपति र संसदलाई कुनै किसिमको दबाव दिएमा ७ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ ।
उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई (संघिय तथा प्रादेशिक) संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’
त्यस्तै उपदफा २ अनुसार झाँक्रीलाई ७ वर्ष कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया