काठमाडौं । माछापुच्छ्रे बैकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको छ ।
बिहीवार भर्चुअल माध्यमबाट भएको एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. बिरेन्द्रकुमार महतोले नयाँ एप रेमिट्याप सार्वजनिक गरे । बैंकले मुलुका हरेक कुना काप्चामा बैंकिङ सेवा पर्याउने उदेश्यले सो रेमिट्याप संचालनमा ल्याएको जनाएको छ । यस एपले २४ घण्टाभित्र डाउनलोड गर्ने एक हजार ग्राहकले एक सय रुपैयाँ बोनस पाउने बैंकले जनाएको छ । यो एप चलाउन कुनै बैंक खाता आवश्यक नपर्ने बैंकले जनाएको छ ।
यस रेमिट्यापमा भर्चुअल कार्ड सिर्जना गरि सोे कार्डबाट भुक्तानी गर्ने, साथीलाई भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने सुविधाहरु रहेको बैंकले जनाएको छ । यो एपबाट विशेष गरी विदेशबाट रेमिट्यान्स वालेटमा पठाउन र प्राप्त गर्न निकै सहयोगी सावित हुने बैंकले जनाएको छ ।
साथै यो एपबाट एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि उत्तिकै महत्वपूर्ण रहने बैंकले जनाएको छ । यसरी पठाएको रेमिट्यान्स बैंकका ७ हजार भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ छ ।
यस एपमा आफ्नो व्यक्तिगत विवरण (केवाइसी) समेत भिडियो मार्फत अपलोड गर्न सकिन्छ । त्यतिमात्रै होइन्,बैंकको नयाँ एपबाट विजु ली,खानेपानी, टेलिफोनको लगायतका बील तिर्न समेत सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया