काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर थोमस मुलरलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बायर्नले बिहीवार मुलरलाई कोरोना संक्रमण भएको बताएको छ ।
फिफा क्लब विश्वकपका लागि कतारको दोहा पुगेका मुलरलाई कोरोना संक्रमण देखिएको हो । बायर्नले अन्य खेलाडीमा भने कोरोना संक्रमण नदेखिएको बताएको छ ।
कोरोना संक्रमण देखिएपछि मुलर सेल्फ आईसोलेसनमा बसेको बायर्नले जनाएको छ । कोरोनाकै कारण जर्मन फरवार्ड मुलरले क्लब विश्वकपको फाइनल खेल गुमाएका थिए ।
फाइनलमा मेक्सिकोको टाइग्रेसलाई हराएर बायर्नले क्लब विश्वकपको उपाधि चुमेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया