काठमाडौं । आफ्नो दुई खुट्टा माथि उठाएको र अनुहारमा अचम्मको भाव देखाएको लोखर्केको यो तस्वीर सन् २०१८ को ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ पाएको छ ।
हामी यस्तै केही तस्वीर देखाइरहेका छौं जसले ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ ले सम्मानित गरिएको छ जसको निकै तारिफ गरिएको छ ।
शेन कीनाको यो तस्वीरले ‘क्रिएचर अफ द इयर’ अवार्ड प्राप्त गर्यो । तस्वीरमा एक उल्लु लुकेर खेलिरहेको जस्तो देखिन्छ ।
तान्या हापरम्यानलाई यो हाँसिरहेको ह्वेलको तस्वीर खिचेका कारण अवार्ड दिइएको छ । उनलाई तस्वीरका लागि ‘अन्डर सी क्याटगोरी’ मा अवार्ड दिइएको हो ।
भारतको पंजाबको कपूरथलामा खिचिएको यो तस्वीरलाई अर्शदीप सिंकले आफ्नो क्यामरामा कैद गरेका थिए । उनले यसका लागि जुनियर क्याटगोरीमा अवार्ड दिइएको छ ।
वल्टेरी मल्काहिनेनलाई यो तस्वीर खिचेका हुन् र यसलाई ‘इन्टरनेट पोर्टफोलियो’ क्याटगोरीमा अवार्ड दिइएको छ ।
तस्वीर हेर्दा यस्तो लाग्छ कि गैंडाको मयुरको जस्तै प्वाँख छ र ऊ आफ्नो यस्तो स्वरुपको मजा लिइरहेका छन् ।
यो सुन्दर तस्वीरलाई पश्चिम बंगालको गोरुमारा नेशनल पार्कमा लिइएको हो । भारतको कलोल मुखर्जीले यो तस्वीरलाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।
लाजले मुख लुकाउँदै गरेको यो भालूको तस्वीरलाई डेनिएल डिएमोले अलास्कामा खिचेका हुन् ।
स्वालबार्डमा फोटोग्राफी सिकिरहेको भालुको यो तस्वीरलाई क्यामरामा कैद गरेका छन् रोनी गेलिट्जले ।
स्विडेनको सुनौली रंगको लोखर्केको तस्वीर गिर्ट वेगेनले खिचेका हुन् ।
एक–अर्कालाई अँगालो हालेर यी छेपारो लडिरहेका छन् वा प्रेम व्यक्त गरिरहेका छन्, त्यो बुझ्न मुश्किल छ । तर एक्सनले भरिपूर्ण यो तस्वीर लाई खिचेका छन् सरगेव सावीले ।
यो तस्वीरलाई सरगे सावीले क्यामरामा कैद गरेका हुन् ।
बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया