साँझमा सवारी चलाउँदा ध्यान दिनुपर्ने केहि कुरा

लोकपथ
0
Shares

काठमाडौं । सवारी साधन चलाउँदा जुनसुकै अवस्था समय र बेला पनि ध्यान दिनुपर्छ । तर सवारीसाधन चलाउँदा त्यस्ता केहि समय जुनबेला एकदमै ध्यान दिनुपर्छ । जसका कारण दुर्घटना हुनबाट बच्न र अरुलाई बचाउन सकिन्छ ।

साँझमा दृश्य स्पष्ट नहुने भएको कारण बिस्तारै हाँक्नुहोस् :

पैदल यात्रुले कन्टास नहुने कपडा लगाएका कारण तपाईलाई परबाट देख्न असहज हुन्छ । यसमा सधै होसीयार हुनुपर्छ । साँझमा पिक आवर पनि हुने कारणले मानिसको भिडभाड र सवारीको बाक्लो संख्या हुने भएको कारणले यसमा पनि सचेत रहनुपर्छ ।

साँझको समयमा अझ बढी ध्यान एकिकृत गर्नुपर्छ । तपाईको आँखा जहाँ पर्छ स्वभाविक रुपमा ध्यान पनि त्यही पुग्छ तर सवारी हाँक्दा गफ गर्ने, दायाँबायाँ बसेका चालकसँग कुराकानी गर्ने, मोवाइल चलाउने, वा फोनमा गफिने, म्यासेज गर्ने, हेर्ने लगायत काम गर्दा दुर्घटना हुनसक्छ । यस्तो नगर्नुहोस् । आफ्नो लिमिटलाई गुडाइरहेको सडकको बारेमा ध्यान दिऔँ ।

निद्रा नपुगेको, थाकेको, अल्छी लागेको, चिन्ता परेको समयमा सवारी चलाउनु हुँदैन । अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेका छन्। त्यसकारण चालकले आफू हरहिसाबले जोखिम लिनु हुँदैन।

सवारीमा ‘फिक्स्ड’ गरिएका ऐना मिलाउनुहोस् आफ्नो ड्राइभिङ सिट केहि तल राख्नुहोस् सिट माथी उठाएर राख्दा गाडीको स्पिड धेरै भएपनि चालकलाई कम लाग्न सक्छ। सडक बत्तिमा पनि ध्यान दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?