काठमाडौं । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ भन्ने सुन्दा तपाइलाई कस्तो लाग्छ रु सुन्दा होइन जस्तो लागेपनि यो वास्तविकता हो । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड नामक देशमा जम्मा २७ जना मानिस बस्छन् ।
यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ । यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृत्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।
आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया