पुलिसको जितमा चन्द्रपुर स्तब्ध

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसकी सिर्जनाले खेलको सातौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । खेलको ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८५ औं मिनेटमा परिवर्तित खेलाडी रेखाले गोल गर्दै पुलिसलाई ३-० को जित दिलाईन् ।

जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?