पाटेबाघको आक्रमणमा परि एक जना घाइते

लोकपथ
0
Shares

टेक सिँह धामी/ धनगढी – कैलालीमा बाघको आक्रमणमा परि एक जना घाइते भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरीलाई आज (शुक्रवार) बिहान बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् ।

शुक्रवार बिहान करिब ७ बजे चौधरीलाई पाटेबाघले आक्रमण गरेको हो । स्थानीय सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका उनलाई सडकबाटै बाघले झम्टेको हो।

हिड्दै गरेका चौधरीलाई बाघले झम्टेर वनभित्र लग्यो । यात्रु बोकेर बनतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले झम्टेको देखेपछि दुधियाका स्थानियहरुले बाघ धपाएर चौधरीको ज्यान जोगिएको स्थानिय अजित चौधरीले बताए ।

उनले भने, ‘बाघको मुखबाट छुटेर दोस्रो जन्म पाए । स्थानियलाई खबर नभएको भए ज्यान जान सक्थ्यो ।’

घाइते चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अस्पतालमा रेफर गरिएको छ ।

‘अब बाघलाई नियन्त्रण गर्ने वा के गर्ने भन्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?