काठमाडौं । गुल्मीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई रानाले सोमवार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया