एलबीईएफ र एक्यानबीच शैक्षिक सहकार्यको सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) र दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यकोलागी सम्झौता भएको छ । सम्झौतामा लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अर्न्तगतको कलजे फर प्रोफेशनल स्टडीजमा सञ्चालीत (एमबीए) कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यहरुलाई ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ ।

छात्रवृती दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) को सिफारिशको आधारमा उपलब्ध गराइने छ । सम्झौता पत्रमा फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालान र एक्यानका तर्फबाट अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका थिए । यो एमबीए कार्यक्रम वर्किङ्ग प्रोफेशनलहरुकोलागी विकएण्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ ।

विकएण्ड मोडमा विद्यार्थीहरुले शुकवार र शनिवार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुकवार बेलुका ४:३० बजे देखि ८:३० बजे सम्म र शनिवार विहान ८ बजे देखि बेलुका ४ बजे सम्म कक्षा सञ्चालन हुनेछ । शनिवार कलेजले दिउँसो भोजन पनि उपलब्ध गराउने जनाएको छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरुलाई ११ वटा अनलाईन लाईब्रेरीकोहरुको पहुँच उपलब्ध हुनेछ ।

काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि , व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन ।

नेपाल सरकार शिक्षा , विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?