काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका नेता भानुभक्त जोशीले प्रतिगमन विरुद्धको आन्दोलनमा सबै राजनीतिक क्षेत्रका मानिसलाई समेट्नुपर्ने बताएका छन् ।
बझाङ– काठमाडौं सम्पर्क मञ्च तथा अनेरास्ववियू बझाङ–काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आज (शुक्रवार) गरेको कार्यकर्ता भेलामा बोल्दै नेता जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध सबै क्षेत्र र वर्गलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले यो विषय नेकपाको मात्रै नभई सिंगो राष्ट्र र राष्ट्रवादीको विषय भएकाले देशव्यापी संघर्ष चर्काउनुपर्ने बताए ।
उनले प्रतिगमन परास्त गर्ने संघर्षका कार्यक्रममा सहभागी हुन सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया