पर्यटनले फड्को मार्ने विश्वास

लोकपथ
0
Shares

पर्यटकीय सम्भावना बोकेको हुम्लाको सिमकोट विमानस्थलको तीनवटा नयाँ योजनासँगै विकास तथा स्तरोन्नति हुँदैछ ।

विमानस्थलतको स्तरोन्नतिले पर्यटन व्यवसाय फस्टाउने सम्भावना देखिएको छ । विमानस्थलको विकास र थप निर्माणले हवाई सेवा थप सहज र सुचारु हुने भएपछि पर्यटन व्यवसायले फड्को मार्ने विश्वास गरिएको छ ।
सिमकोट विमानको चाप देखेर नै हाल तीनवटा नयाँ योजना एकसाथ निर्माणका क्रममा रहेको नागरिक उड्डयन प्राधिकरणका सिमकोट शाखाबाट प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए । हालको एप्रोनमा नियमअनुसार तीनवटा जहाजलाई पार्किङ गर्नुपर्नेमा बाध्यताका कारण माथिल्लो निकायमा अनुरोध गरेर पाँचवटासम्म जहाज पार्किङ गर्ने गरिएको छ । त्योसँगै अर्को हेलिकप्टरको एप्रोनमा १० देखि १२ वटा हेलिकप्टरले पार्किङ गर्नुपर्ने बाध्यता छ ।
सिजनमा हेलिकप्टरको सङ्ख्या वृद्धि भएमा खालि जग्गामा हेलिकप्टरलाई पार्किङ गर्नुपरेको थियो । नयाँ एप्रोनको काम सम्पन्न भएपछि विमानस्थलमा तीनवटा एप्रोन हुने र सिजनमा हवाई जामको समस्या समाधान हुनेछ । त्यसैगरी विमानस्थलको घेरबार जीर्ण भएको बेला नयाँ घेरबारको निर्माण कार्यले विमानस्थललाई सुरक्षा प्रदान गर्न सहज हुनेछ भने कालोपत्र उप्किएर हवाइजहाज अवतरण गर्न कठिन भएका बेला नयाँ कालोपत्रको कामले विमान अवतरणलाई सहज बनाएको उनले बताए । गोरखापत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?