‘फ्रोजन फुड’ले पार्न सक्छ असर

लोकपथ
0
Shares

अहिले बजारमा ‘फ्रोजन फुड’ को लोकप्रियता बढ्दै गइरहेको छ ।
‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषद्विदको भनाइ छ ।

यस प्रक्रियामा खाना खानालाई चिस्याएर राखिने गरिन्छ । बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ ।

व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा। अरुणा उप्रेती बताँछिन् । उनले यस्ता खानाले लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्ने जानकारी दिइन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?