५०० मिलियन फलोवर्स हुने रोनाल्डो पहिलो खेलाडी

लोकपथ
0
Shares

काठमाडौं । इटालियन क्लब युभेन्टसका फरवार्ड स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ ।

यससँगै रोनाल्डो ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी बनेका छन् ।

यस अघि सामाजिक सञ्जालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन ।

रोनाल्डोको सर्वाधिक धेरै फलोवर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।

यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोवर्स रहेको छ । ट्वीटरमा उनको फलोवर्स ९१ मिलियन रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?