चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ६ घाइते

लोकपथ
0
Shares

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिवार बिहान ६:३० बजे सडकमा रोकिराखेको ना ६ ख ४६० नम्बरको मालबाहक ट्रकको पछाडि ठक्किएको थियो ।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाँउकी करिब ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । नायब उपरीक्षक खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?