ललितपुरमा झ्यालको ग्रिल फोडेर ५ तोला सुन र ३ लाख नगद चोरी

लोकपथ
0
Shares

काठमाडौं । ललितपुरमा सुनका गहना तथा नगद चोरी भएको छ । ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने प्रेम कुमारी श्रेष्ठको घरबाट झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद ३ लाख रुपैयाँ र ५ तोला बराबरका सुनका विभिन्न गहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शनिवार चोरी भएको छ ।

चोरी संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?