सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
0
Shares

काठमाडौं । सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै गरेकी किटानी जाहेरी उपर काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

विनयजंग बस्नेतलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले लोकपथलाई बताए । ‘जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसक्यो’ उनले भने ।

सपनाले गत शुक्रवार आफूलाई अभद्र ब्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी हालेकी थिइन् । बस्नेत अहिले चितवनतिर रहेको बुझिएको छ ।

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।

यो पनि पढ्नुहोस् : आफूमाथि अभद्र व्यवहार भएको भन्दै सपना रोक्काले दिइन् उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?