काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिड र भ्यालेन्सिया भिड्दै छन् । रियलको घरेलु मैदानमा हुने खेल राति ९ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । रियल ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
भ्यालेन्सियालाई हराउँन सकेमा रियलले शीर्ष स्थानको एट्लेटिकोसँगको अंक दुरी समेत घटाउनेछ । एट्लेटिको ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया