चीनले नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्व दिएको भन्दै नेपाललाई आवश्यक पर्ने सबै उपभोग्य वस्तु तथा अन्य सामग्रीको ढुवानी सुचारु राख्न यथाशीघ्र प्रयास गर्दै आएको स्पष्ट पारेको छ । चिनियाँ राजदूत होउ यान्छीले कान्तिपुरसँगको अन्तरवार्तामा चीनले नेपाललाई नाकाबन्दी गर्ने भन्ने कुरा इतिासमा कहिल्यै पनि नभएको र अहिले पनि नभएको बताएकी छिन् । केही पक्षले चीनले तातोपानी र केरुङ नाकामा अघोषित नाकाबन्दी लगाउँदै आएको बेला उनले यस्तो बताएकी हुन् ।
उनले अन्तर्वार्ताका क्रममा भनेकी छिन्–केही शक्तिले समयसमयमा तथाकथित चिनियाँ नाकाबन्दीको कुरालाई चर्चामा ल्याउने गरेका छन् । मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने भन्ने कुरा इतिहासमा कहिल्यै पनि भएको थिएन र अहिले पनि छैन । भविष्यमा पनि हुँनेछैन । हामी नेपाली पक्षसँग संयुक्त प्रयास गरी सीमा नाकाको कार्यअवस्थाको सुधार गर्न चाहन्छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया