लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमवार कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री कोस्टाले फाइजर-बायोएनटेकको खोप लगाउनु भएको हो । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो ।
प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरेका छन् ।
त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।
प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ ।
स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए ।
“हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ,” उनले भने ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया