गरिमा विकास बैंकका अध्यक्ष बस्यालले लिए सपथ

काठमाडौं । गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी समक्ष सपथ लिएका हुन् ।

गरिमा विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट अध्यक्ष श्यामप्रसाद बस्याल सहित डा. आनन्द प्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका थिए ।

त्यस्तै,सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् । गरिमाको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?