काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको १७ औं मिनेटमा अमृता जैशीको गोलबाट पुलिसले अग्रता बनाएको थियो । तर, खेलको ५३ औं मिनेटमा रश्मी घिसिङले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरी ल्याईन ।
यस्तै खेलको ८७ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङ पेनाल्टीमा गोल गर्न चुकेकी थिइन् । पुलिससँग बराबरीमा रोकिएसँगै आर्मीको उपाधि यात्रा कमजोर बनेको छ ।
दोस्रो स्थानमा रहेको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १५ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया