पुस मसान्तसम्म बीमा कम्पनीहरुको प्रगति : कोरोना कहरकाबीच व्यवसाय विस्तार

लोकपथ
0
Shares

काठमाडौं । कोरोना महामारीका कारण अधिकांश व्यवसाय क्षेत्र ध्वस्त भएपनि बीमा कम्पनीहरुले भने कहरकाबीच राम्रो प्रगति गरेका छन् ।

बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको देखिएको हो ।

बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा, बीमा कोष, बीमा शुल्क, प्रतिशेयर आम्दानी लगायतका मुख्य सूचकहरु सकारात्मक देखिन्छन् । हालसम्म ९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस अनुसार यी बीमा कम्पनीहरुको कारोबार उल्लेख्य भएको देखिएको छ ।

प्रभु लाइफ इन्सुरेन्स कम्पनीले सबैभन्दा बढी सतप्रतिशतले नाफा कमाएको छ । यसले कम्पनीले १२५।२९५ ले नाफा बढाएर ८ करोड ८ लाख ४७ हजार रुपैयाँ पु-याएको छ ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी रहेको छ । यसको नाफा २२.४७५ ले बढेर ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणले देखाएको छ । त्यस्तै,सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३२.४३ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ४५.०२ प्रतिशत,नेशनल लाइफ इन्स्योरेन्सको ०.२६ प्रतिशत, एलआइसी नेपालको ५०.५२ प्रतिशत, गुँराश लाइफको १४.४० प्रतिशत र रिलायन्स लाइफको २४.३३ प्रतिशतले नाफा बढेको देखिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुले बिमा शुल्कमा पनि राम्रो प्रगति गरेका छन् । यसअवधिमा सबैभन्दा बढी खुद बिमा शुल्क वृद्धि गर्ने बीमा कम्पनीमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बीमा शुल्क २ अर्ब ११ करोड ४ लाख २४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा भने नेपाल लाइफ इन्सुरेन्स रहेको छ ।

यसको खुद बीमा शुल्क २२.८३५ ले बढेर १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै,सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ७७.८५ प्रतिशत,नेशनल लाइफ ४०.९९ प्रतिशत,एलआइसी नेपालको २४.९२ प्रतिशत, प्राइम लाइफको २७ प्रतिशत, प्रभु लाइफको ९५.०९ प्रतिशत र रिलायन्सको ९२.०६ प्रतिशत खुब बीमा शुल्क बढेको छ ।

त्यस्तै, यस अवधीमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले जगेडा कोष वृद्धि गरेका छन् । प्रभु लाइफ इन्सुरेन्स कम्पनीले सबैभन्दा बढी प्रतिशतले जगेडा कोष बढाएको छ । यस कम्पनीको जगेडा कोष १०१.२२५ ले बढेर २८ करोड ४१ लाख ९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले रहेको छ । यसको जगेडा कोष ८०.७९५ ले बढेर १ अर्ब २४ करोड ८६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । तर यसअवधिमा नेपाल लाइफ र प्राइम लाइफको जगेडा कोष भने घटेको छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने जीवन बीमा कम्पनीको जीवन बीमा कोष पनि वृद्धि गरेका छन् । यस अवधीमा प्रभु लाइफ इन्सुरेन्स कम्पनीले सबैभन्दा बढी प्रतिशतले बीमा कोष वृद्धि गरेको छ । यस अवधीमा कम्पनीको जीवन बीमा कोष १७७.२३५ ले बढेर १ अर्ब ४३ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जीवन बीमा कोष भने नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यस कम्पनीको जीवन बीमा कोष १ खर्ब १ अर्ब २८ करोड ६५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै,बीमा कम्पनीहरुले यस अवधीमा प्रतिशेय आम्दानी पनि वृद्धि गरेका छन् । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा सूर्या लाइफ इन्सुरेन्स छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ६८ पैसा रहेको छ । प्रभु लाइफ र रिलायन्स लाइफले यसैवर्ष आइपीओ जारी गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा उल्लेख छैन गरेको छैन । नेपाल लाइफ र गुराँस लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी घटेको छ ।

त्यस्तै,यस अवधीमा जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी पनि वृद्धि गरेका छन् । यसअवधिमा गुराँस लाइफ इन्सुरेन्स कम्पनीको चुँक्ता पूँजी सबैभन्दा बढी प्रतिशतले बढेको छ । यस कम्पनीको पुँजी ११०.५०५ ले बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै,सबैभन्दा धेरै चुक्ता पुँजी भने नेपाल लाइफ इन्सुरेन्सको ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । त्यस्तै प्रभु लाइफको ४२.८५ प्रतिशत, रिलायन्स लाइफको ४२.८५,प्राइम लाइफको २०.३७ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?