भागरथीका अभियुक्तलाई ५ दिन हिरासतमा राखिने 

लोकपथ
0
Shares

टेक सिँह धामी/ कैलाली- भागरथी हत्यामा संलग्न आरोपीलाई आज बुधवार प्रहरीले सार्वजनिक गरेको छ । भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा दिनेश भट्टलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

भट्टविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिककी १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?