काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्सव सुरु गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सो कार्यक्रममा पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा पप गायक सविन राई, आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रिती आले, लोक गायिका अञ्जु पौडेलले प्रस्तुति दिने तयारी भएको छ ।
दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगायतको उपस्थिति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया