काठमाडौं । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा पुनः सुनिल केसी पुन नियुक्त भएका छन् ।
केसी विगत चार बर्षदेखि नै एनएमबी बैंकको सीइओका रुपमा कार्यरत थिए । उनलाई बैंक संचालक समितिले पुनः चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो । केसी चार बर्षअघि एनएमबी बैंकमै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
सीइओ केसीसँग ३१ बर्ष बैंकिङ्ग क्षेत्रका काम गरेको अनुभव छ । उनले तत्कालिन ग्रिण्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु
गरेका थिए । सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया