१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिकामा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका १९ वर्षीय सागर राई रहेका छन् ।

किशोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले हिजो (बुधवार) साँझ उनलाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?