काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड – नेपाल पक्ष निकट अनेरास्ववियूले आज बिहिवार नेपाल आयल निगम घेराउ गरेको छ ।
निगमले एक साताको बीचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि विरोधमा अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउसहित मूल्य वृद्धि फिर्ता लिन प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया