काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लो बनाएर काठमाडौंको टुँडिखेल घेराउ गरेको छ ।
प्रचण्ड नेपाल पक्षले संसद विघटन, महँगी र भ्रष्टाचार विरुद्ध काठमाडौको टुँडिखेल घेराउ गरेको हो ।
विरोध प्रदर्शनका लागि गरिएको मानव साङ्लो बनाउन केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी रहेका थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, जस्ता नारा लेखिएका ब्यानरहरु प्लेकार्डहरु लिएका थिए ।
तस्वीरहरु हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया