कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका-६ बिद्यानगर स्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगाना रहेका छन् ।
ढुङगानालाई हिजो बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयको कक्षा कोठामा बुधवार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया