एनएमबी बैंकको प्रगतिमा छलाङ : सीईओ सुनिल केसीको नेतृत्व अब्बल साबित 

लोकपथ
14
Shares

काठमाडौं – सुनिल केसी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । उनी बिहिबार मात्रै चार वर्षे कार्यालकालका लागि पुनः सीईओमा नियुक्त भएका छन् । उनले चार वर्षको अन्तरालमा एनएमबी बैंकलाई प्रगतितर्फ डोर्‍याउन के – के गरे त ?

सीईओ केसीले शुरुदेखि नै भ्यालु एड बैंकिङको माध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउउने र मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने पक्षमा काम गर्दै आएका छन् । त्यतिमात्रै होइन, अहिले नेपाल राष्ट्र बैंकले अभियानका रुपमा सुरु गरेको क्यूआर कोडलाई पनि उनले पच्छ्एका छन् । अहिले एनएमबी बैंकले काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानहरुमा क्यूआर कोडको शुरुवात गरिसकेको छ ।

विशेषत उनले बैंकिङ कारोबारलाई डिजिटलाइजेशनतर्फ अगाडि बढाइरहेका छन् । सीईओ केसीले आफ्नै पहलमा भ्यालू एड बैंकिङको शुरुवात गरेको थियो । त्यतिमात्रै नभई आफ्ना ग्राहकसँग डिजिटल च्यानलका माध्यमबाट निरन्तर सम्पर्कमा रहन्छ एनएमबी बैंक ।
कोरोना भाइरस ‘कोभिड – १९’ को समयमा पनि डिजिटलको माध्यमबाट निरन्तर सेवा दिनुका साथै ग्राहकसँग सम्पर्कमा रहिरह्यो । त्यसका साथै नेपाल राष्ट्र बैंकले विदेशबाट डलरमा ऋण ल्याउन पाउने व्यवस्था बमोजिम एनएमबीले विदेशबाट ऋण समेत ल्याएको छ ।

लकडाउनका बेलामा समेत बैंकले विदेशबाट ऋण ल्याउन सफल भएको थियो । हाईड्रो पावरको क्षेत्रमा पनि उल्लेख्य रुपमा लगानी गरेको छ, एनएमबी बैंकले । त्यस्तै, एनएमबी बैंकले पर्यटन क्षेत्रमा पनि काम गरिरहेको छ । जसले आर्थिक क्षेत्रमा दीर्घकालीन फाइदा पुर्‍याउँछ । त्यस्तै, एनएमबीले मुलुकको दिगो विकासका लागि निरन्तर सहयोग र सहकार्य गर्दै आइरहेको छ । कोरोना भाइरस महामारीका बेला सुदूरपश्चिमको एउटा विकास बैंकलाई समेत एनएमबीले ‘अक्वायर’ गरेको छ।

एनएमबीले ग्रामीण क्षेत्र र इमर्जिङ सिटी टाउनहरूमा पनि लगानी गरिरहेको छ। एनएमबीको शाखा विस्तार सँगसँगै ‘अर्गानिक ग्रो’ जसले त्यहाँका बैंकलाई अक्वायर गरेर त्यहाँ कमर्सियल बैंकको सेवा विस्तार गरी व्यापक रूपमा त्यहाँका साना, मझौला र ठूला व्यापारीमा पुर्‍याइरहेका छौँ। यी सबै कारणले गर्दा पनि एनएमबी बैंकले चार वर्षमा तीनपटक वर्ष बैंकको उपाधि जितेको हो। नेपालमा एनएमबी बैंकभन्दा ठूला बैंक पनि छन्। राम्रै खालका आर्थिक अवस्था मजबुत भएका बैंक पनि छन् । सीईओ केसी एनएमबीको नेतृत्वमा आएपछि बैंकको व्यापारलाई निकै वृद्धि गरेका छन् ।
यस्तो छ बैंकको प्रगति (रु. हजारमा) :

बैंकको निक्षेप : १४२५६६६४७

ऋण : १४२५३१५५५

चुक्ता पूँजी : १४४४७७५३

जगेडा कोष : ८७२७२६०

ब्याज आम्दानी : २८६९४९१

नाफा : १६१३९७१

कर्मचारी खर्च  : १०७१५७०

बैंकले गत बर्षको नाफाबाट १६.२ प्रतिशत लाभांश वितरण गरिसकेको छ । केसीले बैंकको नेतृत्व लिँदा बैंकको निक्षेप साढे ८० अर्ब तथा ऋण ७० अर्ब रुपैयाँ मात्रै थियो । अहिले भने बैंकको ऋण र निक्षेप निकै विस्तार भएको छ । एनएमबीमा सीईओको रुपमा केसी आएपछि बैंकले सर्वाधिक ३५ प्रतिशतसम्म लाभांश दिन सफल भएको थियो ।
सीईओ केसीसँग ३१ वर्ष बैंकिङ क्षेत्रका काम गरेको अनुभव छ । उनले तत्कालिन ग्रिण्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर शुरु गरेका थिए ।

सन् २००८ मा उनी ‘फाइनान्सियल मार्केट हेड’ भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।

कुशल बैंकिङ कार्य क्षमताका कारण एनमबीले यस वर्ष पछि ‘बैंक अफ द इयर’ को उपाधी प्राप्त गर्न सफल भएको छ । यसको श्रेय पनि सीईओ केसीलाई जान्छ । लगातार तीन पटक सम्म यस्तो उपाधि प्राप्त गर्दा अन्तर्राष्ट्रिय स्तरमा पनि बैंकको छवि निकै राम्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?