काठमाडौं । रामेछापको सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । सेतिदेवी मावि सालुका विद्यार्थी र स्काउटको टोली चढेको बा ५ ख २८५७ नम्बरको बस मछ्छेटाडी भन्ने ठाँउमा दुर्घटना भएको हो ।
बसमा सवार ५३ जनामध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले लोकपथलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका ५ जनालाई मध्यपुर थिमी अस्पतार रिफर गरिएको उनले बताए ।
बसमा सदरमुकाम मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेको हो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार तीव्र गतिका कारण साइड दिन नमिल्दा बस सडकमै पल्टिएको थियो ।
चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया