अमेरिकामा एक जना नेपाली कोठामा मृत अवस्थामा फेला

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने एकजना नेपाली युवा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । ५ वर्षअघि अमेरिका गएका झापा बुधबारेका २३ वर्षीय प्रमोद भट्टराई मंगलवार बिहान मृत फेला परेका हुन् ।

सोमवार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराईको पोस्टमार्टम रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको पोष्टमार्टम रिपोर्ट आएपछि शव नेपाल ल्याउने तयारी गरिएको छ ।

भट्टराई कम्प्युटर साइन्सका विद्यार्थी थिए । उनी अध्ययनसँगै काम पनि गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?