राष्ट्रिय फुटबल टिमको प्रशिक्षणबाट ७ खेलाडी बाहिरिए

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार ३८ खेलाडीबाट ७ खेलाडी बाहिरिएको जनाएको छ ।

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट घटाएर ३१ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बु, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विशाल तामाङ र सुवास गुरुङ रहेका छन् ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?