सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बैंकले शुक्रवार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भु नाथगौतम,गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाई, नेपालीहोटल व्यवसायी संघका महासचिवश्री गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्तकार्यक्रममाश्री शम्भुनाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोडहस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

नगदरहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङ्गतर्फ प्रोत्साह नहुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?