फाल्गुन ९ गते आइतवारको राशिफल

वि.सं. २०७७ साल फाल्गुन ०९ गते । आईतवार । इ.स.२०२१ फेब्रुवरी २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– नवमी,१३ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी, ०५ पला, बिहान ०६ बजेर ४० मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ,२७ बजेर ४५ मिनेट उप्रान्त प्रिती । करण–कौलव,१३ बजेर ०६ मिनेट उप्रान्त तैतिल,२५ बजेर ५२ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–वृष,१९ बजेर ४४ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेटमा,सूर्यास्त १७ बजेर ५८ मिनेटमा । दिनमान २८ घडी १९ पला । द्रोर्ण नवमी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ-नयाँ कामको प्रस्ताव आउनेछ भने गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको समर्थन प्राप्त हुनेछ । खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भने जस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको ‘मेकानिजम’ भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरी कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममूखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
जीवन साथीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान हात लागी हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सत्रुघरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण,रोग तथा सत्रुलाई रिमोभ गर्दै अगाडि बढन् सकिनेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यावसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०
घर परिवार तथा आफन्तका बिच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढि नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउनेछन् । हतारमा गरीने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेकोछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?