कोभिड–१९ का कारण एक वर्षदेखि अस्थिर रहेको नेपाल–चीन व्यापारिक नाका केरुङलाई सक्रिय बनाउन नेपालले तीन वटा प्रस्ताव अघि सारेको छ । चिनियाँ नव वर्ष लाग्नुअघि फेब्रुअरी पहिलो साता सिगात्सेमा गरिएको छलफलमा नेपालले राखेका प्रस्तावमाथि चिनियाँ पक्ष सकारात्मक रहेको र थप छलफलपछि जानकारी दिने बताएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
महावाणिज्यदूत नवराज ढकालले तिब्बती वाणिज्य विभागका महानिर्देशकसँग दुई सिफ्टमा सामान पठाउने, तातोपानी मोडल अपनाउने र नेपाली चालक केरुङपट्टि छिर्न दिने गरी तीन सुझाव राखिएको बताए । तिब्बतीहरूको नयाँ वर्ष ल्होसार सकिएपछि तातोपानी नाकाबाट दैनिक २० भन्दा बढी कन्टेनर नेपालतर्फ गइरहेको र केरुङबाट दैनिकजसो पाँच वटा कन्टेनर मात्रै चीनतर्फ आएको ढकालले बताए । दैनिक दुई सिफ्ट गरेर १६ वटासम्म कन्टेनर पठाउने बाटो खोलिदिन चीनलाई आग्रह गरिएको उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया