नेकपा प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला नआए आन्दोलनमा जाने भनि दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।
ओलीको सो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै श्रेष्ठले भनेका छन्, ‘यो भन्दा नाङ्गो अलोकतान्त्रिक र गैह्रजिम्मेवार अभिव्यक्ति अरु के हुन सक्छ?पहिले सेटिङको प्रचारद्वारा कार्यकर्तालाई प्रभावित पार्ने प्रयत्न,संवैधानिक अङ्गहरुलाई निरन्तर दवाव, अनि अहिले सिधै सार्वजनिक धम्की।यो फाशिष्ट प्रवृत्तिको पराजय एवं विसर्जन र लोकतन्त्रको विजय अनिवार्य छ ।
शनिबार विराटनगरमा आयोजित आमसभामा उनले विपक्षमा फैसला भए आन्दोलनमा जाने चेतावनी दिएका थिए । ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ’, ओलीले भनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया