काठमाडौं – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने भन्दै चुनाव निष्पक्ष नहुने आशंका गरेका छन् । नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।
लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि धरापमा पर्दै गएको, ३ वर्षसम्म कुनै ठोस परिवर्तन हुन नसकेको, कोभिडको कारणले जनता अप्ठ्यारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन नसकेको, चौतर्फी भ्रष्टाचार र महँगी मौलाएको, समयमा मल उपलब्ध गराउन नसकेको, कुनै कारवाही र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको आरोप लगाए ।
ओली सरकारले गराउने चुनाव निष्पक्ष नहुने उनको आशंका छ ।
उनले भने, ‘असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता हुँदैन । केपी ओलीका कदम नसच्चिएसम्म चुनावमा जानु भनेको असंवैधानिक कदमलाई स्वीकार्नु हो । ओलीको तानाशाही व्यवस्थालाई लोकतान्त्रिकको संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्को असत्यले ढाकछोप गर्ने प्रयत्न गरेजस्तै भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया