काठमाडौँ – बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुल्ला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन (अधिकतम सात दिनको लागि) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरणलाई ‘रिभर्स रिपो’ भनिन्छ । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । यो उपकरणको प्रयोग ‘राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली- २०७१’ बमोजिम गरिन्छ ।
निष्कासन :
रिभर्स रिपो उपकरणको निष्कासन बोलकबोल प्रक्रियाबाट हुन्छ ।
बोल गर्ने विधि :
यो उपकरणको बोलकबोल ब्याजदरमा गर्नु पर्दछ । एकै संस्थाले अलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्न सक्दछन् । बोलकबोल अनलाइनको माध्यमबाट गर्नुपर्दछ ।
निष्कासन विधि :
यो उपकरणको निष्कासनमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ ।
बोलकबोलमा सहभागिता :
यो उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग”९वाणिज्य बैंक,विकास बैंक र वित्त कम्पनी० वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् ।
बोल रकम :
यो उपकरणको बोलकबोलमा न्यूनत्तम ५० हजार र बढीमा ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा अह्वान रकमसम्म बोल गर्न सकिन्छ ।
ब्याजदर निर्धारण :
यो उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ ।
बाँडफाँड :
यो उपकरणको बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँड गरिन्छ ।
रिभर्स रिपो रकम खर्च :
राष्ट्र बैंकले रिभर्स रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट बाँडफाँट अनुसारको रकम खर्च गरी लिन्छ ।
धितो सम्बन्धी व्यवस्था :
तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा राष्ट्र बैंकले आप्mनो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।
भुक्तानी :
रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।
आयकर सम्बन्धी व्यवस्था :
रिभर्स रिपो उपकरणमा गरिएको लगानीबाट आर्जित ब्याज रकममा आयकर लाग्ने व्यवस्था छ । रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र यस बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट भएको हुनु पर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइदैन ।
राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैँया बराबरको रिभर्स रिपोको निष्काशन गरेको छ । जसको औसत भारित ब्याजदर दर ०.३६६३ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया