काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आईपुग्ने भएको छ ।
भारतको नयाँ दिल्लीबाट दिउँसो १ः३० को एयर इन्डिया विमानमार्फत् खोप १० लाख डोज काठमाडौं आउन लागेको हो । यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज (आइतबार) १० लाख डोज खोप नेपाल आउन लागेको हो।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले लिएको जानकारी अनुसार सो खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया